बिचार र प्रविधिलाई जोडनै पर्छ: सभामुख अग्नि सापकोटा

राजनीति समाचार

असोज १२, २०७९/काठमाडौं-                                सभामुख अग्नि प्रसाद सापकोटाले सूचना बिना बाच्न सकिने तर त्यो अवस्थाले ब्यक्ति र समाजको बिकासमा बाधा पुर्याउने बताएका छन । मंगलबार सूचना आयोगले अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुखले सूचनाको बलमानै बिकास सम्भव भएको बताए । “आजको प्रविधियुक्त युगमा बिचार र प्रविधिलाई जोडनै पर्छ । यो तालमेल न मुलेमा बैज्ञानिक उच्चता हासिल हुदैन,” उनले थपे । यसैगरी सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सुचनाको हक अझै सर्वसाधारण सम्म पुग्न न सकेको बताएका छन । उनले उपलब्ध सिमित श्रोत र साधन प्रयोग गरि सूचना लिने मात्र न भएर दिनेलाई पनि तालिम दिनु पर्ने थपे । साथै उनले अधिकांश उजुरी स्थानिय सरकारका बिषयमा आउने गरेको पनि जानकारी गराए ।                                                             कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा फ्रीडम फोरमका अध्यक्ष तारानाथ दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । दाहालले कार्यपत्र पेश गर्ने क्रममा सूचनाको हकको अभिलेखिकरणको अभावले सो अधिकारलाई प्रभावित पारेको बताए । “आजको युगमा सुचना अब दातामा परिनत भएको छ । अहिलेको आर्टिफिशियल इंटेलिजेंसको युगमा ईन्टरनेट विलाशिता होइन बरु आवस्यक र हकमा रुपान्तरित भएको छ,” उनले भने । कार्यक्रममा सूचना आयुक्त कमला ओली र रत्न प्रसाद मैनालीको उपस्थिति थियो । १३२ देशहरुमा सूचनाको हक कार्यान्वयनमा आएको छ । सन २००६ देखि नेपालमा पनि अन्तर्राष्ट्रिय सूचना दिवस मनाईदै आएको छ ।