अर्थमन्त्री शर्माबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय

राजनीति समाचार

असार २२, २०७९/काठमाडौं-

अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न सर्वदलीय बैठकले ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

नेकपा (एमाले)ले अर्थमन्त्रालयको सीसीटीभी फुटेजको माग गर्दै बिरोध गरेपछि सर्वदलीय बैठक बसेको हो ।

बुधबार बसेको सर्वदलीय बैठकले सबै दलबाट प्रतिनिधिहरु राखेर छानबिन गर्ने निर्णय गरेको छ ।

सो समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४ जना, नेपाली काँग्रेसबाट २, माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना सदस्य राख्ने सहमति भएको हो ।

दलहरुले समितिका लागि सदस्यहरुको नाम पठाएपछि सभामुखले प्रस्तुत गर्ने कुरा छ ।

नेकपा (एमाले)ले अर्थमन्त्रालयको सीसीटीभी फुटेजको माग गर्दै बिरोध गरेपछि सर्वदलीय बैठक बसेको हो ।