आज पनि सुरक्षाकर्मी सहित फोहोर नुवाकोट लगिदै

राजनीति समाचार

भाद्र १, २०७९/काठमाडौं-

काठमाडौं उपत्यकाको फोहोर बुधबार पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोटको ल्यान्डफिल साइटमा लगिदै छ । मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । लामो समयदेखि स्थानियले अवरोध गर्दै आएका छन ।

सडकमा अन्य सवारी साधनको चापका कारण गाडी बिस्तारी अगाडि बढेका छन ।

लामो समयको देखिको स्थानिय अवरोधका कारण काठमाडौंको फोहोर व्यवस्थापन हुन सकेको छैन । सहर फोहोरको थुप्रोमा पुरिन लाग्दा हैजाको ठुलो जोखिम पनि छ ।