एमालेले स्थानिय निर्वाचनमा अन्तर्घात गर्नेलाई कार्वाही गर्ने

राजनीति समाचार

असार १९, २०७९/काठमाडौं-

नेकपा (एमाले)ले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कार्वाही गर्ने भएको छ । आइतबार बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

उपाध्यक्ष विष्णु पौडेलेको नेतृत्वमा कार्वाही गर्न बैठकले समिति गठन गर्दै, कडाईसाथ अघि बढने निर्णय गरेको छ ।

‘पार्टीभित्र जुन खालको अराजकता र अनुशासनहीनता देखियो, त्यसले परिणामलाई हाम्रो अनुकूल हुन दिएन । आगामी दिनमा यो अनुशासनहीनता र अराजकताको अन्त्य गरेर चुस्त दुरुस्त निर्वाचनमा जानू पर्छ, ’ पार्टीका प्रचार बिभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी गराए ।

स्थानीय निर्वाचनमा अधिकांस स्थानमा एमालेले राप्रपासंग र कतिपयमा काङ्ग्रेससंग आन्तरिक रुपले तालमेल गरेको थियो ।