एमाले निकट प्रेस चौतारीका प्रदेश सचिव शेर बहादुर थापा माओवादी प्रवेश

राजनीति समाचार

                                                                                   भाद्र १७, २०७९/बिरेन्द्रनगर-                                         नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चैतारी नेपालका कर्णाली प्रदेश सचिव शेर बहादुर थापा नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन । शुक्रबार सुर्खेतको बिरेन्द्रनगरमा आयोजित प्रदेश स्थरिय राजनितिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा थापाले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन । थापाले मंचबाट बोल्दै अब उपरान्त आफू एमालेको कुनै पनि भातृ संगठनमा न रहेको र माओवादी केन्द्रको सिद्धान्त मन परेर त्यसमा समाहित भएको बताए ।