निवर्तमान अर्थमन्त्री शर्मा विरुद्ध प्रमाण भेटिएन

अर्थ राजनीति समाचार

श्रावण २, २०७९/काठमाडौं-

अनाधिकृत ब्यक्ती बोलाएर करको दर हेरफेर गरेको आरोप खेपेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष छानविन समितिले उनका विरुद्ध कुनै प्रमाण जुटाउन सकेको छैन ।

सोमबार बसिरहेको समितीको बैठकले अन्तिम निचोड निकाल्ने तिर केन्द्रित भएको छ । आइतबार सम्म भएको छानबिनको क्रममा सिसिटिभि फुटेज न भेटिएको र मन्त्रालयका सचीवहरु तथा कर्मचारीहरुलाई सोधपुछ गर्दा कुनै पनि त्यस्तो अनाधिकृत ब्यक्ति त्यस दिन मन्त्रालय न आएको जवाब दिएका छन ।

सदनमा बिपक्षी दलले प्रश्न उठाएपछी २२ असारमा प्रतिनिधिसभाले विशेष समिति गठन गरेको थियो । समितिलाई कार्य प्रारम्भ गरेको १० दिन भित्र प्रतिवेदन बुझाउन आदेश भएको थियो । समितिले गत मंगलबारबाट मात्रै कार्य प्रारम्भ गरेको थियो ।

छानविन समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा मान बहादुर विश्वकर्मा गएका हुन् ।

आज सोमबार पनि समितिको बैठक १० बजे देखि बसेको छ र निवर्तमान अर्थमन्त्री शर्मालाई समेत सोधपुछ गर्ने तालिका रहेको छ । शर्माले भने आफू निर्दोष भएको र आफुलाई फसाउन षडयन्त्र भएको बताउदै आएका छन ।