बादलसंग मेरो तुलनै हुँदैन: प्रचण्ड

राजनीति समाचार

                                                                                       भाद्र १७, बिरेन्द्रनगर-                                             नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मिडियाको प्रश्नको जवाफ दिदै राम बहादुर थापा ‘बादल’ र आफ्नो कुनै तुलनानै न हुने बताएका छन । शुक्रबार पार्टीको प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेतको बिरेन्द्रनगर पुगेका प्रचण्डले एयरपोर्टमा आयोजित प्रेस भेटघाटमा बोल्दै सो कुरा बताएका हुन । साथै उनले आफू आफ्नै निर्वाचन क्षेत्र चितवन-३ बाट चुनाव लड्ने बताए । गठबन्धनको मोटामोटि धेरै कुरामा सहमती भएको जानकारी गराउदै बाकी रहेका बिषयले आज फेरि निरन्तरता पाउने उनले थपे । यसैगरी बामगठबन्धनका विषयमा जिज्ञासा आउँदा, उनले अहिले सम्म त्यतातिर कुनै कुराको बिकास न भएको बताए ।