माओवादी केन्द्रको केन्द्रिय समिती बैठकमा राजनितिक प्रतिवेदनमाथि छलफल सुरु

राजनीति समाचार

असार २०, २०७९/काठमाडौं-

नेकपा(माओवादी केन्द्र)को केन्द्रिय समितिको तेस्रो पुर्ण बैठकको दोश्रो दिनमा आज अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को राजनितिक प्रतिवेदनमाथी छलफल हुँदै छ ।

आइतबार देखि राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रिय समितिको बैठक सुरु भएको हो ।

बैठकको आरम्भको दिनमा श्रद्धाञ्जली अर्पण, नयाँ केन्द्रिय सदस्य तथा बैकल्पिक केन्द्रिय सदस्यहरुले सपत ग्रहण गर्ने काम भएको थियो ।

यसै बैठकले पोलिट ब्युरो तथा पदाधिकारी चयन लगायतको कार्यसुची रहेको छ ।

बैठक मंगलबार सम्म बस्ने कुरा छ ।