माओवादी केन्द्रले सदस्यबाट वार्षिक १०० रुपैयाँ उठाउने

राजनीति समाचार

जेष्ठ २२, २०७९/काठमाडौं

नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकतासम्मबाट वार्षिक एक सय रुपैयाँ उठाउने निर्णय गरेको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी सदस्यबाट वार्षिक एक सय लेवी उठाउने निर्णय गरेको, अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी गरायो ।

माओवादी नेताहरूका अनुसार सो रकम पार्टीले रचनात्मक लगायत महत्वपूर्ण कार्यमा खर्च गर्ने छ । यस अनुरुप वार्षिक रूपले, कुल ८ लाख पार्टी सदस्यबाट ८ करोड जति रुपैयाँ जम्मा हुनेछ ।

thewalkeronline.com