मासु खाँदा हड्डी अड्किएर एक जनाको मृत्यु !

समाचार

असोज १८, २०७९/चितवन-                                     द्शैमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । चितवन कालिका नगरपालिका वडा नं ८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा मासुको हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।                       अष्टमीको दिन साँझ खाना खाने क्रममा मासुको हड्डी अड्किएको थियो । स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् । चाडपर्वको समयमा यस्ता घटनाहरु धेरै हुने गरेका छन ।