मेयर बालेनको नेतृत्वमा काठमाडौं मल र आरबी कम्प्लेक्सका गैरकानुनी संरचनामा डोजर

राजनीति समाचार

                                                                                        भाद्र ८, २०७९/काठमाडौं-                                          मेयर बालेनको नेतृत्वमा काठमाडौं महानगरपालिकाले सुन्धारामा रहेको काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्सको गैरकानुनी निर्माण भएका संरचनामा डोजर लगाएको छ ।

बुधबार बिहान मेयर शाहको नेतृत्वमा नेपाल प्रहरीको टोलि, महानगरपालिकाका कर्मचारी, डोजरसहितका प्राविधिकहरु सो कार्यमा खटिएको थियो ।

यसअघि काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा संविधानसभा भवन अगाडि बाटोमा पैदलयात्री र पार्किङलाई असर पर्नेगरी फुटपाथमा बेलुका संचालन हुने तरकारी बजार हटाएको हो ।                                        यद्यपि थापाथलीस्थित नोर्विक अस्पताल परिसरमा बनेको अनधिकृत संरचना भने महानगरपालिका तत्काल हटाउन सफल भएन ।