युवा तथा खेलकुद मन्त्री अथकद्वारा १०४ हजयात्रीको विदाई

विश्व समाचार

७ असार, २०७९/काठमाडौं-
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले  मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हजयात्रीहरुलाई बिदाई गरेका छन । मन्त्री अथकले मंगलबार बिहान विभिन्न जिल्लाका हजयात्रीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  बिदाई गरेका हुन ।
मन्त्री अथकले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजकालागि मक्का मदिना जान लागेका १०४ हजयात्रीहरुलाई दोसल्ला ओढाएर बिदाई गरे । बिदाइ हुनेहरुमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हजयात्री तथा १ जना प्रतिनिधी रहेको मन्त्रीका प्रेस संयोजक संगीन शर्माले जानकारी गराए ।
हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्का मदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।