वाइसीएलको केन्द्रिय अध्यक्षमा सुवोध श्रीपाइली !

राजनीति समाचार

 

                                                                                भाद्र ५, २०७९/काठमाडौं-                                          नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाइली चुनिएका छन ।                यस्तै आइतबार काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले महासचिवमा सल्यान घर भएका गणेश शाहीलाई चयन गरेको छ । नयाँ केन्द्रिय कार्य समिति ६१ जना पदाधिकारीको बनेको छ भने ३५१ सदस्यहरु रहेका छन ।

शुक्रबार पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रज्ञा भवनमा दोश्रो राष्ट्रिय भेला उदघाटन गरेका थिए । यसअघि सुमन देवकोटा संयोजक थिए भने श्रीपाइली सहसम्योजक थिए । अध्यक्ष पदका लागि अघिल्लो कार्य समितिमा दुबै जनाबिच टक्कर भएको थियो । अहिले भने ४० बर्ष उमेर हदका कारण देवकोटा बाहिरिएका हुन भने श्रीपाइली अध्यक्ष भएका हुन ।                                      श्रीपाइली लुम्बिनी प्रदेश, रुकुम पुर्व घर भएका हुन भने जनयुद्ध कालमा जनमुक्ति सेनामा कार्यरत थिए ।