सल्यान जीप दुर्घटना: ८ जनाको मृत्युु, १ गम्भीर घाइते

समाचार

    असोज १२, २०७९/सल्यान-                               सल्यानको कपुरकोटमा बिहे भोजबाट फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मंगलबार बाकेको राप्तीसोनारी गाउँपालिका- ९ ढकेरीबाट फर्किने क्रममा रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका-३ मुलपानी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन ।

मृत्यु हुनेमा चालक कोपुरकोट गाउँपालिका-६ जलबाँङ निवासी २१ वर्षीय बहादुर बोहोराको घटना स्थलमै मृत्यु भएको थियो । यसैगरी मृतकहरुमा कपुरकोट- ६ का ३७    वर्षीय धर्मा ओली, ४० वर्षीय टोप बहादुर ओली उनका छोरा ११ बर्षका बसन्त ओली , ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय  खुमलाल ओली, ५५ वर्षीय  कुमारी ओली, कपुरकोट ५ बस्ने ३५ वर्षीय ललित ओली रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा सल्यान कपुरकोट-६ जलबाँङ बस्ने ३५ वर्षीय तिलक ओली रहेका छन । ओलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।