एकीकृत समाजवादीका चार नयाँ मन्त्रीले पदभार सम्हाले 

अन्तर्वार्ता

असार १३, २०७९/काठमाडौं-

नेकपा एकीकृत समाजवादीका चार जना नयाँ मन्त्रीले पदभार सम्हालेका छन्।

सोमबार राष्ट्रपति कार्यालयमा रास्ट्रपति बिद्या देवी भण्डारीबाट सपथ ग्रहण गरेपछि नवनियुक्त मन्त्रीहरूले आफ्नो कार्यकालको सुरुवात गरेका छन ।

मन्त्रीपरिषद बिस्तारमा मेट मणि चौधरीलाई शहरी विकास, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्य मन्त्री नियुक्त गरिएको छ ।