को हुन टानको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार राम प्रसाद सापकोटा ‘कमल’

पर्यटन राजनीति समाचार

श्रावण २८, २०७९/काठमाडौं-

सानै देखि परिश्रम गर्नु पर्छ भन्ने मान्यता बोकेका रामप्रसाद सापकोटा ‘कमल’ ले अहिलेको मुकाम हासिल गर्न निकै मिहिनेत गर्नु परेको हो । धादिङको निलकन्ठ नगरपालिका-१० ज्यामरुङ जन्मिएका सापकोटा हाल एक सफल तथा स्थापित पर्यटन व्यवसायी हुन ।

पदयात्री पर्यटकहरुको भरिया बनेर नेपालका विभिन्न पर्यटकिय गन्तव्यमा आरोहण गरेको अनुभव समेत बोकेका गाइड(पथ प्रदर्शक) को रुपमा फडको मारे । उद्यमी बन्ने सपनाले उनको मनमा घर बनाएपछि ट्रेकिङ व्यवसाय सुरु गरे । सन २००४ मा माउन्टेन डिलाइट ट्रेकिङ एन्ड एक्सपिडिसनबाट व्यावसायिक दुनियाँमा प्रवेश गरेका उनले अन्य क्षेत्रमा समेत लगानी बढाए ।

उनको स्वाभिमानमा काठमाडौंको ठमेलमा काठमाडौं गार्डन् होम होटेल संचालनमा छ । साथै उनले माउन्टेन डिलाईट टुर्स एन्ड ट्रेभल संचालन गरेका छन । निकट भविष्यमै सुर्यचौर नेचर रिट्रीट प्रालि, सुर्यचौर प्याराग्लाइडिङ प्रालि र कम्युनिटी फार्म हाउस पनि संचालन हुदैछ । युरोप र एसिया गरि १५ भन्दा बढी मुलुकमा भ्रमण गरेका उनले अन्तरास्ट्रिय क्षेत्रबाट समेत ज्ञान हासिल गरेका छन । व्यवसायसंग संगै सामाजिक सेवामा समेत सकृय रहेका उनले नेपालमा दुर्गम भेगमा शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणमा योगदान पुर्याउदै आएका छन । त्यसैगरी टुकी नेपाल, लाइन्स क्लब, रेड क्रस सोसाइटी र हेडस नेपाल जस्ता सामाजिक संस्थाहरुमा पनि आबद्ध छन ।

भिटोफ नेपालको अध्यक्ष रहि सफल नेतृत्व प्रदान गरेको अनुभव उनीसँग छ । व्यवसाय र समाजसेवामा सकृय उनलाई दर्जनौं संघ सन्स्थाहरुले सम्मानित तथा पुरस्कृत समेत गरेका छन ।

उनी सामाजिक उध्यमशिलता अवार्ड ‘२०११’ बाट सम्मानित भएका छन । ‘युथ इन्स्पिरेसन अवार्ड २०१९ बाङ्लादेश, टुरीजम म्यान अफ दि इयर २०१७, माउन्ट एभरेस्ट टुरीजम प्रोमोसन एम्बेसडर अवार्ड २०१६, सस्टेनेबल टुरीजम अन्तरास्ट्रिय अवार्ड २०१३ लगायत दर्जनौं अवार्ड उनले प्राप्त गरेका छन । रोहित भण्डारीद्वारा लिखित नेपालमै संभव छ प्रेरणाका २३ पात्र नामक पुस्तकमा समेत सापकोटाको प्रोफाइल छपिएको छ । आगामी श्रावण ३० गते हुने ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल(टान)को निर्वाचनमा उनले अध्यक्षको उम्मेद्बारी दिएका छन । उनको नेतृत्वमा समावेशी र व्यवसायीक ब्याक्तित्वहरुले उम्मेद्बारी दिएका छ्न ।