गठबन्धनले युवाहरुलाई उम्मेदवार नबनाए हामी संघर्ष गर्छौ-जिपी मैनाली

अन्तर्वार्ता

श्रावण २६, २०७९/काठमाडौं-

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले गठबन्धनका युवाहरुलाई आसन्न निर्वाचनमा अघि सार्नु पर्ने बताएका छन्।
अखिल क्रान्तिकारी काठमाडौं फरेष्ट्री कलेजको आठौ इकाई सम्मेलनमा बोल्दै मैनालीले गठबन्धनले युवा नेतालाई चुनावी मैदानमा उतार्नु पर्नेमा जोड दिएका हुन।
उनले युवाहरुलाई चुनावी प्रचारमा मात्र परिचालन न गर्न  नेतृत्वसँग आग्रह गरे।
‘गठबन्धनका नाममा कपाल फुलेका र ७० कटेकालाई फेरी चुनावमा नउठाइयोस।हामी विद्यार्थी संगठनहरुले यसका लागि दबाब दिन्छौ’ उनले भने,’ पार्टीभित्र संघर्ष गरेका युवाहरुको पङ्ती ठुलो छ।के ती युवाहरु अवसर नपाई वृद्ध हुने हुन।’
नेता छान्ने सबालमा समाजको ‘साइकोलोजी’ नयाँ ठाउँमा पुगेको तर पुराना दलहरुको उम्मेदवार उठाउने शैली भने पुरानै रहेको भन्दै मैनालीले माओवादी भित्र पनि युवा बिध्यार्थीका पुर्व नेताहरुलाई बिशेष प्राथमिकतामा राखिनु पर्ने बताए ।
नेबिसंघ र अखिलले पनि आ-आफ्ना पार्टी हेडक्वार्टरमा दवाब बढाउन समेत उनले आग्रह गरे ।

अखिल क्रान्तिकारीमा , आवद्ध विद्यार्थीहरुले पार्टी र गठबन्धनका उमेदवारको पक्षमा माहोल बनाउनुपर्ने उनको भनाइ थियो।

अखिल(क्रान्तिकारी)ले पछिल्लो दुई महिना यता मुलुकभर अखिल(क्रान्तिकारी)अभियान संचालन गरिरहेको छ ।
सम्मेलनले टेम्बा गुरुङको नेतृत्वमा ४५ सदस्यीय समिती निर्वाचित गरेको अखिल(क्रान्तिकारी)नेता मिनेस धितालले जानकारी दिए ।