निवर्तमान अर्थमन्त्री शर्माको निर्यात निति: सिमेन्ट पछि छड पनि निर्यात !

अर्थ राजनीति समाचार

श्रावण ४, २०७९

नेपालमा उत्पादन भएको सिमेन्टपछि छड पनि भारत निर्यात हुन थालेको छ । रुपन्देहीको रोहिणीस्थित श्री स्टील्स प्रालिले बुधबारबाट भारतमा टीएमटी छड निर्यात थालेको छ ।

यसरी भारतको उत्तर प्रदेशस्थित एउटा व्यवसायमा टीएमटी फलामे छड निर्यात सुरु गरेर सो उद्योग पहिलो बनेको छ । श्री स्टिल उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सरकारले चालु बजेटमा निर्यात गर्ने उद्योगलाई सहुलियत दिने घोषणा गरेपछि आफुहरु उत्साहित भएको बताए । ‘निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमा स्वदेशी उत्पादन अन्य देशमा निर्यात गर्दा ८ प्रतिशत अनुदान दिने नीति लिएकोले नजिकको छिमेक भारतमा पठाएका हौँ ,’ उनले भने, ‘ ‘यो निर्णय सारै राम्रो छ, अब निर्यातलाई निरन्तरता दिन छिटो कार्यान्वयन गर्नु पर्दछ, ‘ उनले आग्रह गरे ।

श्री स्टिल उध्योगले प्रतिघण्टा ४० टन उत्पादन गर्ने गरेको र सरकारले यस नितिलाई निरन्तरता दिएमा उत्पादन बढाउने योजनामा छ ।