नेपालमा अन्तरास्ट्रिय रेड पान्ड़ा दिवस मनाईयो !

अन्तर्वार्ता अन्य समाचार

                                                                                       असोज २, २०७९/पाँचथर-                                              नेपालमा यस बर्ष विभिन्न बिद्यालयहरुमा कार्यक्रमहरु आयोजना गरी यस बर्षको अन्तरास्ट्रिय रेड पान्ड़ा दिवस मनाइएको छ । सनिवार ४६ वटा बिद्यालयहरुका १० हजार भन्दा बढी विद्यार्थीहरु सहभागी भएर अन्तरास्ट्रिय रेड पान्ड़ा दिवस मनाईयो । सो दिवसको उपलक्ष्यमा पुर्वका ३० र पश्चिमका १६ बिद्यालयहरुमा बक्तित्व कला, र्याली, चित्रकला, निबन्ध लेखन जस्ता विभिन्न प्रतियोगिताहरु आयोजना गरिएका थिए । ती सबै कार्यक्रमहरुका मुल बिषय रेड पान्ड़ा र पर्यावरण थिए ।                                                                बालबालिकाहरुमा यी लोपोन्मुख रेड पान्ड़ाको संरक्षणका बिषयमा चेतना जागृत गर्ने हेतुले आयोजकहरु बिद्यालय केन्द्रित भएका हुन । चोरी सिकारीका कारणले नेपालमा रेड पान्ड़ाको संख्या कम छ ।