पोखरामा ३९ भूमिहिन सुकुम्वासीलाई लालपूर्जा वितरण

अर्थ राजनीति समाचार

भाद्र १९, २०७९/पोखरा- कास्कीको पोखरामा ३९ जना  भूमिहिन सुकुम्वासीहरुलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहिन सुकुम्वासीलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले अहिलेको सरकारले राष्ट्रिय भूमिआयोग मार्फत वितरण भइरहेको लालपूर्जा खारेज नहुनेमा ढुक्क हुन आग्रह गरिन ।
उनले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर भूमिहिन सकुम्वासीलाई लालपूर्जा वितरण गरिएको र यो अभियान निरन्तर जारी रहने जानाकरी गरायिन ।
मन्त्री श्रेष्ठले अबको २ वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरि सक्ने गरी सरकार योजना बनाएर अगाडी बढेका र यस अभियानका कोही पनि वास्तविक भूमिहनि सुकुम्वासी भूमि पाउनबाट बन्चीत हुन नहुने बतायिन ।
उनले भूमिको उचित प्रयोगका लागि भूउपयोग नियमावली कार्यान्वयनमा ल्याइएको भूमि र भूमिको समुचित प्रयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको निर्माण गर्ने दिशामा मुलुक अगाडी बढिसकेको भन्दै छिटो जग्गाको वर्गीकरण गर्न स्थानीय तहहरुलाई आग्रह समेत गर्नुभयो ।
उहाँले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने गरी योजनावद्ध रुपमा सरकार अगाडी बढेको पनि बतायिन ।
मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न उनीहरुको पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुर्नस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडी बढीसकेको जानकारी पनि गरायिन ।