प्रचण्ड र बाबुरामबिच सिंहदरबारमा भेटघाट !

राजनीति समाचार

असार ३, २०७९/काठमाडौं-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड ‘ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच सिंहदरबारमा छलफल भई रहेको छ ।

माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल चलिरहेको खबर प्राप्त भएको छ । दुबै जना बिच यसअघि पनि पटक पटक उपराष्ट्रपति नन्द बहादुर पुनःको निवासमा भेट भइसकेको हो ।

जसपाबाट कारबाहीमा पर्नु अघिदेखि नै भट्टराईले नयाँ पार्टी खोल्ने कुरा बाहिरिएको थियो । उनी लगायत ९ जनालाई पार्टी अध्यक्ष उपेन्द्र यादवले कार्वाही गरेका छन ।

दल विभाजनसम्बन्धी ऐन सक्रिय बनाई दिन भट्टराईको आग्रह रहेको र सोहि बिषयमा छलफल केन्द्रित रहेको छ ।