संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन: उपराष्ट्रपति पुन

राजनीति समाचार

असोज ६, २०७९/काठमाडौं-
उपराष्ट्रपति नन्द बहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट न भएको बताएका छन ।        उपराष्ट्रपति पुनले राष्ट्रपति बिद्या देवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणिकरण गर्न न मानेपछि विज्ञप्ति मार्फत सो सुझाव दिएका हुन । “संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आआफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ,” उनले उल्लेख गरेका छन । “पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो,” उनले थप जनाएका छन ।                                                    साथै  संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गरेका छन ।