हाल सम्म १७५९४ जनामा डेंगी संक्रमण, २१ को मृत्युु !

समाचार स्वास्थ्य

                                                                                         असोज ४, २०७९/काठमाडौं-                                  नेपालमा हाल सम्म १७५९४ जनामा डेंगी संक्रमण भएको छ भने, २१ जनाको मृत्युु भएको छ । स्वास्थ्य मन्त्रालयको सूचनाका अनुसार देशका ७५ जिल्लाहरुमा श्रावण २०७९ देखि यता सो रोगका बिरामीहरुको संख्यामा वृद्धि हुँदै गएको भेटिएको हो । यस भन्दा अघि २०६१ मा पहिलो पटक नेपालमा डेंगीका बिरामी भेटिएका थिए । त्यस यता हरेक बर्ष यस रोगबाट मानिसहरु संक्रमीत हुने गरेका छन ।