स्थानीय सरकारले गाउँ पर्यटन बिकासका लागि भिटोफ नेपालसँग सहकार्य गर्न जरुरी छ: गोपाल थापा

अन्तर्वार्ता अर्थ पर्यटन मनोरञ्जन

गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ), अध्यक्ष- गोपाल थापासँग गरिएको कुराकानी ।

भिटोफ नेपालको नेतृत्वमा तपाईं कहिले देखि हुनुहुन्छ ?
-म बिगत २ बर्ष देखि भिटोफ नेपालको नेतृत्वमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्दै आएको छु । अब आउदो चैत ११ गते २ बर्ष पुग्छ र यहि चैत्र १७ गते हाम्रो साधारण सभा पनि हुदैछ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको पश्चिमी क्षेत्रमा पर्यटनको विकाश
भएको पाईदैन त्यसका लागि के गर्नुहुन्छ ?
-सर्वप्रथम त भिटोफ नेपाल भनेको यस्तै प्रचुर मात्रामा सम्भावना बोकेका तर प्रचार हुन नसकेको ठाउँहरुलाई प्रचार गर्ने संस्था हो । त्यहाँ घरवासको माध्यमबाट प्रचार गर्ने होस् या विभिन्न भेषभुषा, साँस्कृती र सीप सिकाईको माध्यमबाट प्रचार गर्ने वातावरण सृजना गर्ने हो । अहिले हाम्रो आखा पश्चिम् तिर गईरहेको छ र जसरी अन्नपूर्ण,लाङटाङको प्रचार भएको छ त्यसरी नै हामीले त्यो ठाउँको मध्य विन्दुमा रहेर त्यहाँको हिमाल,झरना,यार्चागुम्बा, भेषभुषा आदिलाई लिएर सोही अनुसारको प्रचार गर्दै जाने योजना छ ।

तपाईंको नेतृत्वमा के के उल्लेखनीय कामहरु गर्नुभएको छ त ?
-सर्वप्रथम त यो संस्थाको बारेमा भन्नुपर्दा त्यति राम्रो अवस्था थिएन । विगत ९ बर्ष देखि संस्थानै नवीकरण भएको थिएन । हामीले यसलाई नवीकरण गरि नियमित कामहरु गर्दैछौं जस्तो पुर्व र पश्चिम गरि ६ वटा गाउँ गन्तव्य घोषणा गरि काम गरिरहेका छौँ जस्तै लिचिम्क गाउँ, मनाङको होमस्टे, थारु बस्ती चितवन लगाएत दुरदराजका प्रचार हुन नसकेका ठाउँलाई पर्यटकको गन्तव्यका रुपम विकास गर्दैछौँ ।

तपाईंले अघि भन्नुभएको ९ बर्ष संस्था नवीकरण नहुनुको कारण के रहेछ ?
-संस्थामा राजनितिकरण, कोरोना आदि कारणले यस्तो भएको हो अब त्यस्तो हुदैन हुन दिदैननाैँ पनि ।

यो बिचमा तपाईंले भ्रमण गर्नुभएको र जति प्रचार हुनुपर्ने हो त्यति हुन नसकेको कुनै त्यस्तो क्षेत्र छ त ?
-गुरिल्ला ट्रेकको गेटवे भनेर चिनेने ढोरपाटन क्षेत्र जुन क्षेत्रको प्रचार हुनुपर्ने हो १% पनि भएको छैन त्यहाँको वास्तबिकता बुझ्ने हो भने स्वर्ग भन्दा कम छैन ।

गाउँ पर्यटन विकासका लागि आगामी के कस्ता योजनाहरु तय गर्नुभएको छ ?
-पहिलो योजना त विभिन्न तहका सरकारसँग समन्वय गरेर त्यस क्षेत्रको अनुगमन गरेर पर्यटकीय सम्भाव्यताको अध्ययन र प्रचार
गर्ने दोस्रो संघ सस्थाको भुमिका आफ्नो ठाउँमा छ । त्यो संगै राज्यको चौथो अङ्ग मानिने संचार माध्यम सङ्ग जोडीएर प्रचारलाई तीब्र बनाउने
र तेस्रो कुरा प्रचारका लागि बाह्य भन्दा आन्तरिक पर्यटकलाई महत्त्व दिएर जाने जसकारण बढी प्रचार हुनसक्छ । यस्तै प्रचारको
अभावमा रहेका र पर्यटनको संभावना बोकेका प्राकृतिक स्रोत, रितिरिवाज, भेषभुषा आदिको खोजी गरि प्रचार गर्ने अबको योजना रहेको छ ।

यसका लागि राज्यले कस्तो भुमिका खेल्नु पर्ला ?
-पहिलो निति भनेको स्थानीय सरकारले पर्यटन ऐन बनाई अघि बढ्नुपर्छ र पर्यटनका लागि चाहिने बाटो, सरसफाइ, सुरक्षित
बास, प्राकृतिक स्रोत तथा कला साँस्कृतिको संरक्षण आदि कुरामा जोड दिनुपर्छ ।

यहाँको संस्थामा महिला सहभागिताको अवस्था कस्तो छ ?
-महिलाहरुको एकदमै सम्मानजनक सहभागिता रहेको छ । उहाँहरु काेषाध्यक्ष सहित अरु दुईजना सदस्य गरि ३ जना हुनुहुन्छ । अझ भन्नुपर्दा गाउँ पर्यटन विकासका लागि महिलाको भुमिका उच्च रहन्छ र उहाँहरुकै कारण यो सम्भव छ भन्ने हाम्रो मान्यता छ ।

अन्त्यमा भन्नैपर्ने छुटेका बिषयवस्तु केही छन कि की ?
-स्थानीय सरकारले आफ्नो क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न हामी जस्ता संस्था समन्वय गर्दै अघि बढनु पर्छ; जुन अहिले पछिल्लो समयमा
युवाहरू विदेशीने लहर छ त्यसलाई रोक्न स्थानीय बस्तुलाई बजारीकरण गर्ने, स्थानीय पर्यटकीय सम्भाब्यता खोजी गर्ने, त्यहीँ जीवनको भविष्य खोज्ने, उर्जाशिल युवा तयार गर्न सबै लागि पर्नु पर्छ !