सहिद सन्तति सन्दीप पुनको बायोटेक अर्गानिक मल व्यवसाय !

अन्य अर्थ राजनीति समाचार

बैशाख ८ शनिबार,२०८०/भुमे-
भूमे गाउँपालिका-९ रुकुम पूर्वका सहिद सन्तति सन्दीप पुनले बायोटेक्नोलोजी अध्ययन सकेपछि पढाईलाई ब्यबहारिकतामा उतार्दै अर्गानिक मल उत्पादन गर्ने व्यवसाय सुरु गरेका छन ।

पुन सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका वर्तमान अध्यक्ष पनि हुन । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा उनले आफ्नो आमा र बुवा गुमाएका थिए । सहिद र बेपत्ता भएकाका सन्तति मिलेर यो फाउन्डेसन स्थापना गरेका थिए । नेकपा माओवादी केन्द्रसहित विभाजित अरू माओवादी घटकसमेत मिलेर फाउन्डेसन बनाइएको हो । २०७६ देखि काठमाडौँमा रहेका सहिदका सन्ततिहरू बिच छलफल भएपछि यसको अवधारणा बनेको थियो । अहिले देशैभरिका सहिदका छोराछोरीहरु यसमा संगठित भएका छन;आफ्ना दुख सुख साटछन । उनले केही वर्ष अघि आफ्नै बुवा आमाका सहपाठी तथा पुर्व सभासद जुन कुमारी रोका मगर र तेज बहादुर ओलीकी छोरी चुनौती ओलीसँग बिहे गरेका छन । उनको एउटा सन्तान पनि छ ।

२०५४ साल असोज १० गते जन्मिएका पुनले ५ बर्षको हुँदानै आफ्ना आमा बुवा गुमाए । जन्मेको १४-१५ महिनादेखि नै उनको मामाघरको हजुरआमा र सानीआमाले हेरचाह गरे । उनले एसएलसी सम्मको पढाइ बाकेको नेपालगञ्जबाट गरे । त्यसपछि काठमाडौँ आएर बिज्ञान विषय लिएर प्लस टु सम्मको अध्ययन पछि बायोटेक्नोलोजीबाट ब्याचलरसम्मको अध्ययन पूरा गरे । उनले २०७८ सालमा दुई वर्षको अन्तराल पछि ‘रिभोलुसन बायोटेक एन्ड रिसर्च सेन्टर’को स्थापना गरे । संगै पढेका धादिङका साथी मीन बहादुर थापाले सिराहामा गरि रहेको जागिर छोडेर आए । थापाको पनि सो कम्पनीमा शेर रहेको छ । अहिले सुरुवाती चरणमै ५ जना स्थानियले रोजगारी पाएका छन । उता लुम्बिनी प्रदेशले रुकुम पुर्वलाई अर्गानिक जिल्ला घोषणा गरेको छ ।
अहिले सन्दीप पुन आफ्नो अर्गानिक बायोटेक मलको नमुना लिएर काठमाडौंस्थित ल्याबमा जचाँउन लिएर आएका छन । यसैको नतिजाको आधारमा गुणस्तर बिभागले प्रमाणपत्र दिनेछ । उनलाई हाल सम्म एकीकृत कृषि तथा पशुपन्छी कार्यालयले अनुदान दिएको छ । उनले सो कार्यका लागि लिजमा 3.५ रोपनी जग्गा लिएका छन र ३० लाख भन्दा बढी लगानी भई सकेको छ ।

अर्गानिक बायोटेक मल कसले किन्ने ?
बायोटेक प्रविधिबाट उत्पादन भएको उक्त अर्गानिक मल एग्रो पसलहरुले किन्नेछन । साथै किसानले पनि सिधै कारखानाबाट किन्न सक्नेछन । मूल्य पनि केजीको ५०/६० रुपैया जति पर्न जानेछ । सो केन्द्रमा
बहुआयामिक अध्यन अनुसन्धान पनि गरिने लक्ष्य रहेको छ ।
बन कार्यालयसँग पनि सम्झौता भएको छ बनमारा प्रजातीलाई हरियो मलमा प्रयोग गर्नेबारे । जंगलमा पाईने सुखेको सोत्थर पनि सुख्खा मलमा प्रयोग हुन्छ । यसरी बर्षमा हाल २ मेट्रिक टन अर्गानिक मल उत्पादन गर्ने योजना रहेको छ । संसारै भरी अहिले हानीकारक केमिकल प्रयोगप्रति मानिसमा चेतना जागरुक भएको बेला एक जना मिहिनेती युवाले गरेको कार्यको बिस्तार हुनुका साथै प्रोत्साहन पनि आवश्यकता रहेको छ । यस्तो योजना हरेक जिल्लामा बिस्तार हुन जरुरी छ । सन्दीप आफै राजनितीमा सकृय छन र यसैमा आफ्नो भविष्य पनि देख्छन । र राजनितीसँगै उनी आफ्नो क्षेत्रका किसानलाई केमिकल रहित दिगो कृषि तर्फ आकर्षित गर्न चाहन्छ्न !