धन बहादुर विश्वकर्मा !

अन्तर्वार्ता

उद्यमशीलताबाट सामाग्रीहरु दिने, तालिम दिने, उत्पादन गर्ने, सानातिना उद्योग नै सञ्चालन गर्ने र उहाँहरुले उत्पादन गरेका वस्तुहरु बजारसम्म पु¥याइदिने उद्यमशीलताको शाखाले गरेका छन् । कृषिमा आलु, भाँगो, अलैंचीका लागि पकेट क्षेत्र नै छुट्टाएर आवश्यक केही औजारहरु तथा कृषिका आवश्यक सामाग्री लगायत तालिम समेत दिने गर्दै आएका छौं ।

४. यस क्षेत्रमा पर्यटनाको सम्भावना कस्तो छ ?
– ताराखोला गाउँपालिका पर्यटनको दृष्टिले निकै सम्पन्न मान्न सकिन्छ । हिजो जनयुद्धका बेला धेरै भिडन्त भएको ठाउँहरुमध्ये यो पनि एक हो । यसलाई युद्धपर्यटनको दृष्टिले पनि हेर्न सकिन्छ । १० वर्षे सशस्त्र जनयुद्धका बेला माओवादीको आधार क्षेत्रहरु म्याग्दी, बागलुङसँग जोडिएको पालिका हो । युद्धका बेला यहाँ थुप्रै तालिम केन्द्रहरु थिए । त्यही ठाउँलाई हामीले अहिले शहीद पार्क, गोरिला मिनी पार्कहरु, गोरिल्ला पदमार्ग लगायत नाम दिएर त्यसको निर्माण कार्यहरुलाई अगाडि बढाएका छौं । त्यस्तै पकेट गोरिल्ला ट्रयाक बागलुङ हुँदै रुकुम–रोल्पा निस्किने एउटा त छ नै त्यो बाहेक हामीले हामीले छुट्टै अर्काे मिनि ट्र्याक पनि बनाएका छौं । हिजो युद्धका बेला हाम्रा योद्धाहरु, कार्यकर्ता, गाउँ वस्तीमा चेतना छर्दै हिँड्ने कलाकारहरु हिड्ने गोरेटो बाटोलाई जोडेर गाउँपालिकालाई मात्रै जोडेर अर्काे मिनी ट्र्याक पनि बनाएका छौं । हाम्रोमा गाईघाट भन्ने झरना छ । त्यहाँ एउटा ताल छ, माथिबाट पानी बग्छ । त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आगमन हुने गर्दछन । तीनचुले भनिने एउटा मन्दिर छ, त्यो म्याग्दी बाग्लुङको मन्दिरको हो । बालाचर्तुदशीमा त्यहाँ भव्य मेला लाग्ने गर्दछन । त्यस्तै अर्काे लोतीमारे भन्नेमा बागलुङ जिल्लाको मात्रै जमघट हुने अर्काे ठाउँ छ । हाम्रोमा घुम्टीको लेक भन्ने ठाउँ पनि छ । ३,७५६ मिटरसम्मको अग्लो ठाउँ पनि रहेको छ । जहाँ वैशाखमा मेला लाग्नेसम्म गर्दछ । अहिले ट्रेकिङमा भने अलि समस्या छ । काम गर्न लगानी अलि ठूलो खर्च हुने सामान्य खर्चले नपुग्ने, लगानी गरिसकेपछि विदेशीहरु पनि आएर हिँड्ने हो भने हुन्थ्यो, स्वदेशी मात्र हिँड्दा त्यसले लगानी नै उठाउन नसक्ने स्थिती भयो । व्यवसायिक ढंगले यहाँको आयआर्जनका निमित्तसम्म जोड दिने कि भन्ने हाम्रो सोचाई हो । तर ठयाक्कै काम गर्न भने आँट गर्न सकेका छैनौं । हाम्रो गाउँमा सानासाना हाइड्रोहरु पनि छन् । साढे २ मेगावाटको उत्पादन हुँदै आएको छ । एउटा दुई मेगावाट र अर्काे साढे तीन मेगावाटका अन्य थप दुई वटा हाइड्रो पनि पनि निर्माणको अन्तिम अन्तिम चरण पुगेका छन् । यी हाइड्रोहरु भए भने हाम्रो गाउँपालिकामा पनि राजश्व वृद्धिमा थप टेवा पुग्नेछ । यस पालिकामा श्रमबैंक र सहकारी चाँही नयाँ काम हो । यसैको माध्यमबाट जनतामा रोजगारी सिर्जना गर्ने भन्ने हो । यो घनिभुत ढंगले लागेको छ । बजारतिर बिक्री वितरणमा क्रियाशील हुनुहुन्छ । त्यसैले उहाँहरु आत्मनिर्भर हुनुभएको छ ।

५ श्रम बंैकको बारेमा थप प्रष्ट पारिदिनुहोस् न
– श्रम बैंकमा हामीले श्रमिकहरुलाई रोजगारी दिनका निम्ति योजना बनाएका हौं । त्यसो भनिरहँदा फेरि प्रधानमन्त्री रोजगार कार्यक्रम पनि छ यहाँ, उहाँहरुले काम लगाउनुहुन्छ, अनि सोही बमोजिम ज्याला पाउनुहुन्छ र घर जानुहुन्छ, बस्नुहुन्छ । ९० दिन काम गर्नुहुन्छ । हाम्रो यो श्रम बैंक भनेको चाहिँ काम पनि गर्ने भविष्यको निम्ति पनि केही चाहिँ उहाँलाई जोहो गरिदिनुप¥यो । जस्तैः स्थायी कर्मचारीहरुलाई उहाँहरुले पाउने पारिश्रमिकहरुबाट केही प्रतिशत कटाएर उहाँहरुले संचयकोष भनेर जम्मा गर्नुपर्ने हुन्छ जुन नेपाल सरकारले नै गर्छ । तर हाम्रा श्रमिकहरुको त कसैले पनि नगरिदिने भयो । त्यसैले हामीले संघीय सरकारको ऐन, गाउँपालिकाको कार्यविधि नियमावली बनायौं । सूचना प्रक्रिया विज्ञापनद्वारा उहाँहरुलाई आह्वान ग¥यौं । सुचिकृत गरेर उहाँहरुलाई हामीले काम दियौं, उहाँहरुले काम गर्नुभयो । काम गरेवापत प्राविधिक मूल्यांकन अनुसारको उहाँहरुले पारिश्रमिक पाउनुहुन्छ, त्यो पारिश्रमिकबाट हामीले थोरै प्रतिशत उहाँहरुले छुट्याउनुहुन्छ र त्यसमा स्थानीय सरकारले थप गरिदिन्छ । उहाँहरुको पनि मासिकरुपमा स्थायी कर्मचारीहरुको संचयकोषमा जम्मा भएजस्तो जम्मा हुन्छ र उहाँको निश्चित उमेर पुगेपछि थोरै भएपनि पेन्सनको रुपमा पाउने व्यवस्था गरेका छौं । शिक्षकहरु १८ देखि २० वर्ष त कसैले ३०–३१ वर्ष पनि पढाउनुहुन्छ, तर त्यति पढाएपछि रिटायर्ड हुँदा उहाँहरुले पेन्सजन पाउनुहुन्छ, तर त्यती नै काम गर्ने मजदुरहरुले पनि केही पाउने हुँदैन । त्यसैले काम गर्ने मजदुरलक्षित नै हामीले यो योजना ल्याएका हौं । यसमा ६५ जना आवद्ध हुनुहुन्छ । हामीले यो योजना ल्याएको दुई वर्ष बढी भयो । प्रतिक्रिया राम्रो पाएका छौं । जनता खुशी हुनुहुन्छ ।

६ तपाईको कार्यकाल अन्तिम अन्तिमतिर आईपुग्नु भएको छ । अझै गर्न बाँकी काम केके छन् ?
– मुख्य गरी विकासका पूर्वाधारण खानेपानी, विद्युत र बाटोघाटो नभई नहुँदो रहेछ । गाउँ होस या राष्ट्र नै किन नहोस् । विकासका लागि यो नै अत्यावश्यक रहेछ । त्यसैले संघ, प्रदेशसँग जोडेर यहाँ भएका बाटाघाटाहरुमा कालोपत्रे बनाउन सकियो भने यहाँका मानिसहरुबीचमा अर्गानिक उत्पादन र प्रयोगले प्राथमिकता पाउँदथ्यो । उसैपनि हाम्रोमा विषादी मल प्रयोगमा प्रतिवन्ध छ । कसैले लुकीछिपी प्रयोग गरेमा र गरेको कसैले सूचना दिएमा जरिवाना र पुरस्कारको व्यवस्था पनि छ । त्यसैले यसरी अग्र्यानिक उत्पादनलाई जनताको भान्छासम्म पु¥याउन र कृषकले पनि राम्रो आम्दानी गर्न सक्थ्यो । यहाँ जस्तापाता प्रयोगमा पनि करिव करिव प्रतिवन्ध जस्तै छ । यसो दाउरा राख्नका लागि प्रयोग गर्ने गरेका छन । त्यसको निम्ति हामीले दिने गर्दछौ. । नत्र भने घरमा प्रयोग गर्नका लागि जस्तापाता हामी दिँदैनौं । जस्ता लगाउने ठाउँमा हामीसँग भएका पातला सेले ढुंगाको प्रयोग गर्नुपर्ने हुन्छ ।