कार्तिक २६ बुधबार,२०८२/काठमाडौं-
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट बाहिरिएका छ ।
बुधबार महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै अब आफुहरु मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् ।
उनले २०८० सालमा नेपालका चार पार्टी सहभागी समाजवादी मोर्चा स्थापना गरे पनि जुन रफ्तारमा कामहरू बढाउनु पर्ने थियो त्यो सम्भव न बनेपछि मोर्चाबाट अलग हुने निर्णय गरेको बताएका छन ।
“जेनजी आन्दोलन पछि….तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् । यस्तो स्थितिमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौ ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

