बाँकी पदाधिकारीको मतगणना दिउँसोदेखि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित !

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीलाई ३७५ मत प्राप्त


असोज २४ शनिबार,२०८४/काठमाडौं-

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापति पदमा निर्वाचित भएका छन् ।

गगन थापाले काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणनाको परिणामस्वरूप ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन् ।

त्यस्तै सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । कुल ७ हजार ३९ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ ।

गत पुसमा मात्रै तत्कालीन केन्द्रीय कार्यसमितिका विरुद्ध विवाद्काबिच विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो ।

बर्षाका कारण प्रभावित भएको बाँकी पदाधिकारीको मतगणना प्रक्रियाले आज दिउँसोदेखि सुरु गर्ने बताइएको छ ।

facebook sharing button

 

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार
अरु पनि पढ्नुहोस्