संसदीय सुनुवाइ समितिद्वारा सर्वोच्चका चारै जना न्यायाधीशहरुको नाम अनुमोदन !



कार्तिक २१ शनिबार ,२०८३/काठमाडौं-

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस भएका चारै जना न्यायाधीशहरुको नाम अनुमोदन गरेको छ ।

शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चन्द्र बहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा.रत्नबहादुर बागचन्दको नाम अनुमोदन गरेको हो ।

न्यायपरिषद्ले उनीहरुको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरे पछि प्रकृयागत रुपले अन्तिम अनुमोदनका लागि सुनुवाइ समितीमा पुगेको थियो ।

अब राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शनिबार
अरु पनि पढ्नुहोस्