असोज ५ सोमबार,२०८३/काठमाडौं-
काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि चालकले आफै बसमा आगजनी गरेका छन ।
सोमबार काठमाडौँको त्रिपुरेश्वरमा एक जना चालकले आफुले चलाउने बसमा आगजनी गरेका हुन ।
आगजनी गरेपछि पनि २५ वर्षीय चालक दावा लामा बस भित्रै बसेका थिए । यद्यपि गाडी भित्र कुनै पनि यात्रुहरु भने नभएको जनाइएको छ ।
आगलागी लगत्तै घटनास्थलमा दमकल पुगेर आगोलाई नियन्त्रणमा लिएको थियो ।
आगजनीको खास कारण भने अझै खुलेको छैन ।
प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्