असोज ८ बिहीवार,२०८३/डोल्पा-
नेपालगन्जबाट डोल्पा उडेको सीता एयरको जहाज डोल्पा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परे पनि क्षतिबाट भने बचेको छ ।
बिहीवार बिहान ८ः२५ बजे नेपालगन्जबाट डोल्पा उडेको सीता एयरको जहाज डोल्पा विमानस्थलमा अवतरणका क्रममा एउटा पाङ्ग्रा निस्किएर दुर्घटना हुन पुगेको हो ।
जहाजमा बिदेशी पर्यटकहरु सहित १३ यात्रु र तीन जना चालक दलका सदस्य सबै सकुशल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
जहाजमा क्याप्टेन अजय प्रधान र क्याप्टेन अजय कुँवर सहितको चालक दल रहेको थियो ।
प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्