
असोज ३१ शनिबार,२०८३/काठमाडौं-
प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीले साइबर ब्युरो पुर्याएको छ ।
हास्य कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीपछि पत्रकार किशोर श्रेष्ठ ललितपुरको नक्खुस्थित आफ्नै निवासबाट लगिएको हो ।
पन्त र उनको परिवारले अरूको जग्गा हडपेको भन्दै जनआस्थाले समाचार प्रकाशन गरेपछि उनलाई सोधपुछका लागि लगिएको थियो ।
उता श्रेष्ठले भने प्रमाण सहित समाचार प्रकाशन भएको र सत्ताको दुरुपयोग गर्नु गलत भएको बताएका छन ।
नेपाल पत्रकार महासंघकि अध्यक्ष निर्मला शर्माले समाचार लेखेकै कारणले पत्रकारलाई पक्राउ गर्नु गलत भएको र प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधान रहेको बताएकी छिन ।
एक निडर पत्रकारका रुपमा स्थापित किशोर श्रेष्ठलाई वर्तमान सरकारले यसअघि पनि समाचार कै कारणले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्