मङ्सिर ११ शनिबार,२०८३/सानीभेरी-
रुकुम पश्चिम् सानीभेरी-३ ज्यामिरे निवासी गिता बुढा पुनको मुटुको शल्यक्रिया गर्नका लागि आर्थिक अभाव भएकोले उपचारमा समस्या देखिएको छ ।
गीता बुढा पुनको मुटुको वाल्भको शल्यक्रिया गत बर्ष नै हुनु पर्ने तर उपचार खर्च जुटाउन न सक्दा उनी भौतारिएर हिंड्न् बाध्य छिन ।
तिहार अघि फेरि राजधानीस्थित महाराजगन्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले चेकजाँच गर्न पुगेकी पुनलाई तिहार पछि अस्पतालले भर्ना हुन बोलाए पनि रकम जुट्न न सक्दा उनी घर मै बस्न बाध्य छिन ।
“डाक्टरले दिएको औषधी सकिएको पनि धेरै भयो, पैसा छैन अब बाच्ने कुनै उपाय छैन”, उनी लामो सुस्केरा हाल्दै भन्छिन ।
आँखा पनि कमजोर भएकी उनी रोगले थला परेको धेरै भयो तर निकै कमजोर आर्थिक अवस्था भएकोले गत बर्ष ऋण खोजेर बल्ल तल्ल काठमाडौं पुगेकी हुन ।
आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरुले उनको सानीभेरीस्थित लक्ष्मी सनराइज बैंकमा रहेको खातामा पठाउन सक्नु हुनेछ ।
यहाँको सानो सहयोगले पनि उनको जीवन बाच्ने छ ।
Gita Budha Magar Pun
Laxmi Sunrise Bank Limited
Sanibheri, Rukum west
0771422837378001
प्रतिक्रिया दिनुहोस्