असोज २० मङ्गलबार २०८३/काठमाडौं-
साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारविरुद्ध विभिन्न प्रकृतिका उजुरी दर्ता भएका छन ।
सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ समितिमा सुनारविरुद्ध रस्वपाका सांसद खगेन्द्र सुनारको पार्टनर भएको र उनीहरु दर्जनौँ आपराधिक गतिविधिमा संलग्न रहेको दाबी सहित उजुरी परेका हुन ।
उजुरीमा सांसद खगेन्द्र सुनारले दलित आन्दोलनको नाममा स्वदेश तथा विदेशबाट १० करोडभन्दा बढी रकम अवैध रुपमा असुली गर्ने क्रममा प्रस्तावित राजदूत गिरी बहादुर सुनारले व्यापक सहयोग गरेको दाबी गरिएको छ ।
यसैगरी दुबै जना मिलेर प्रहरीको उच्च तहको सरुवा बढुवामा समेत रकम वसुलीको धन्दा चलाएको भन्दै उजुरी परेको छ । सो क्रममा नेपाल प्रहरीका हालका एआईजी डम्बर बहादुर विकलाई डीआईजीबाट एआईजीमा बढुवा गराउन खगेन्द्र र गिरीले रकम लिएको आरोप उजुरीमा उल्लेख गरिएको छ ।
सुरुमा ५० लाख माग गरिएकोमा पछि ३३ लाख रुपैयाँ लिएर एआईजीमा बढुवा गराइएको दाबी पनि उजुरीमा गरिएको छ
त्यस्तै खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनाइदिने भन्दै चक्रमान विश्वकर्माबाट ५० लाख रुपैयाँ असुलेको आरोप छ ।
साथै प्रस्तावित राजदूत गिरी बहादुर सुनारले आफ्नो शक्ति र पहुँचको दुरुपयोग गर्दै अदालतबाट प्रमाण नै नष्ट गरेको उजुरीमा दाबी गरिएको छ ।
जिल्ला अदालतमा खगेन्द्र सुनारविरुद्ध चलिरहेको विद्युतीय कारोबार सम्बन्धी मुद्दामा अधिवक्ता मनिषा गौतमले पेस गरेको ३ घण्टा लामो अडियो प्रमाणलाई गिरीकै सेटिङमा गायब पारी त्यसको सट्टा ३ मिनेटको मात्र अडियो राखिएको उजुरीमा उल्लेख छ ।
खगेन्द्र सुनारले एक १८ वर्षीय बालिकालाई रोजगारीको प्रलोभनमा पारेर पटक-पटक जबरजस्ती करणी गरेको र अवैध गर्भपतन समेत गराएको उजुरीमा दाबी गरिएको छ ।
यसैगरी, बानेश्वर प्रहरी वृत्तको हिरासतमा रहँदा खगेन्द्र सुनार र केशव नेपालीले ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी पेस्तोल नै लुटेर भागेको भन्दै पनि उजुरी परेको छ ।
प्रतिक्रिया दिनुहोस्