भारतीय लोकप्रिय अभिनेता नाना पाटेकरको हृदयाघातका कारणले निधन भएको छ ।
मराठी सिनेमा जगतबाट हिन्दी चलचित्रमा उदाएका चर्चित अभिनेता नाना पाटेकरको ७५ बर्षको उमेरमा बिहीबार गोवास्थित आफ्नो निवासमा निधन भएको हो ।
उनका छोरा मल्हारले उनको निधनको खबरको पुष्टि गरेका छन् ।
उनी गोवाको डोना पाउलास्थित घरमा बेहोस अवस्थामा भेटिए पछि नजिकैको मणिपाल अस्पताल भर्ना गरिएको थियो ।
पोस्टमर्टमपछि मात्रै मृत्युबारे थप विवरण आउने अस्पताल श्रोताले बताएको छ ।
वास्तविक नाम विश्वनाथ पाटेकर भएका नानाले सन् १९७८ मा ‘गमन’बाट चलचित्रमा अभिनय यात्रा सुरु गरेका थिए ।
‘क्रान्तिवीर’ फिल्मका लागि उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए भने ‘परिन्दा’ र ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय पुरस्कार जितेका थिए।
भारत सरकारले सन् २०१३ मा उनलाई पद्मश्रीबाट सम्मानित गरेको थियो ।
सन् १९९१ मा बनेको फिल्म ‘प्रहार : द फाइनल अट्याक’ का लागि उनले मेजर प्रताप चौहानको भूमिकामा अभिनय गर्नका लागि सैन्य तालिमसमेत लिएका थिए ।
उनले थिएटर कलाकार तथा बैंकर नीलकान्तीसँग प्रेम विवाह गरेका थिए ।
थिएटरबाट सिनेजगतमा पाइला टेकेका उनले एक पछि अर्को फिल्ममा आफ्ना तहल्केदार डाइलगहरुबाट छुट्टै पहिचान बनाउन सफल भएका थिए ।
उनले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘तिरंगा’, ‘अब तक छप्पन’, ‘अपहरण’ र ‘वेलकम’ जस्ता दर्जनौं फिल्महरु दर्शक माझ छोडेर गएका छन ।
उनको आजै महाराष्ट्रको पुणेमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्