कार्तिक २६ बुधबार,२०८२/काठमाडौं-
नेता भिम रावलले पार्टी एकता कार्यक्रममा नेकपा बिभाजनको स्मरण गर्दै बिछोडको दिनको आलो घाउमा मलम लागेझैँ भएको बताएका छन ।
बुधबार राजधानीस्थित राष्ट्रिय सभा गृहमा बोल्दै मातृभूमि जागरण अभियान,नेपालका प्रस्तावक रावलले तत्कालीन नेकपाका नेतासँग फ़ेरि विचार मन्थन गर्न पाउँदा बिछोडको घाउमा मलम लागेझैँ भएको बताएका हुन ।

प्रचण्डको नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेका रावलले निहित स्वार्थ पूरा गर्न विभाजन गरिँदा गह्रौँ मन लिएर सोही ठाउँबाट बिदा भएको उल्लेख गरेका थिए ।
“राष्ट्रिय शक्ति निर्माण गरेर सामाजिक न्याय, आर्थिक तथा सामाजिक रूपान्तरणलाई सशक्त रूपमा अघि बढाउने सङ्कल्पका साथ बढ्ने प्रण गरे,” उनले एकता कार्यक्रममा प्रतिबद्धता जनाएका थिए ।
उनलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले साधारण सदस्य समेत न रहने गरि कार्वाही गरेका थिए ।
पुर्व उप-प्रधानमन्त्री तथा गृहमन्त्री समेत भई सकेका रावल यस अघि अछामबाट निर्वाचित भएका थिए र उनको सुदुर पश्चिममा निकै प्रभाव रहेको बताइन्छ ।
