मधेस प्रदेश सांसद रहबर अन्सारीले आफैलाई लगाए मोसो !




कार्तिक २२ शनिबार,२०८२/
मधेस प्रदेशका माओवादी केन्द्रका सांसद रहबर अन्सारीले सदनमा आफैलाई मोसो लगाएका छन ।

प्रदेश सभाको शनिबारको बैठकमा अन्सारीले आफु र सांसद माला कर्णले मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत नदिने भन्दै आफनै अनुहारमा मोसो दलेका हुन् ।

उनले अहिलेको सरकारलाई विश्वासतको मत नदिए बापत आफ्नो पार्टीले कारबाही गरे पनि भोग्न तयार रहेको बताएका थिए ।

घटना लगत्तै माओवादी संसदीय दलका नेता भरत साहले उनीहरूलाई बाहिर लगेर सम्झाएका थिए ।

सो घटनाले आज सञ्चार माध्यममा प्राथमिकता पाएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार
अरु पनि पढ्नुहोस्