प्रधानमन्त्री प्रचण्डद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन

अर्थ राजनीति समाचार

असार २ सनिवार,२०८०/मेलम्ची-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गरेका छन।

प्रधानमन्त्री प्रचण्डले शनिबार हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगेर मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीहरुसँग जानकारी लिएका छन।
निरीक्षण भ्रमणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे  बिस्तृत जानकारी गराएका थिए। सोक्रममा श्रेष्ठले आयोजनाले भोग्नुपरेका समस्या र बाँकी कामबारे पनि अवगत गराएका।


साथै,  मेलम्चीमा आएको बाढीले आसपासका ४०० घरधुरी नष्ट भएको र ती क्षेत्रका जनताको भोग्नु परेको समस्याका बारेमा चासो व्यक्त गरे।
उनले भने, ‘कहाँ के गर्नुपर्छ भन्ने एउटा चित्र आएको छ । बजेटसँग सम्बन्धित बिषयहरूलाई प्राथमिकतामा राखिने छ।’

प्रधानमन्त्रीले आफू बाटोमा आउँदा देखेको सडकको दुरावस्था कलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो ।