असार २ सनिवार,२०८०/सुर्खेत-
सुर्खेतको चौकुने गाउँपालिकाले गोठालो भत्ता दिन थालेको छ।
किसानहरुलाई प्रोत्साहित गर्ने हेतु, गाउँपालिकाले सो गोठालो भत्ता दिन लागेको हो। जसअन्तर्गत दुई वा २ भन्दा बढी भैंसी पाल्ने किसानहरुलाई र २० वा सो भन्दा बढी माउ बाख्रा पाल्ने किसानहरुलाई मासिक एक हजारको दरले भत्ता वितरण गर्दै आएको छ।
गाउँपालिका अध्यक्ष दिवस बासपानेले यस्ता योजनाहरु किसानहरुमा उत्साह थप्न र देश बाहिरबाट पशु जन्य उत्पादन ल्याउन निरुत्साहित गर्ने उदेश्यले अगाडि बढेको बताए।
“हाल सम्म गाउँपालिकामा करिब ३५ हजार माउ बाख्रा छन। हाम्रो योजना यसलाई आगामी ४ बर्षमा १ लाख पुर्याउने छ, यसरी कुल ५ लाख हुनेछन,” बासपानेले बताए।
यसैगरी बेलाबखत गाउँपालिकाले कृषिसँग सम्बन्धित सामाग्रीहरु पनि वितरण गर्दै आएको छ।
त्यस्तै उनले अब देखि शिक्षामा, बिद्यालयहरु मर्ज गर्ने र शिक्षकहरुको दरबन्दी अनुसार कक्षा विभाजन गर्ने योजना रहेको पनि जानकारी गराए। साथै बिद्यालयबाट टाढा घर भएका विद्यार्थीहरुका लागि आवासीय व्यवस्था मिलाइएको बताए।
त्यस्तै यस स्थानीय निकायको मुख्य समस्या ७० प्रतिशत बासिन्दाहरु घर धनी प्रमाणपत्र न भएको आगामी २ बर्ष भित्र नापीको प्रक्रिया चलाएर सो समस्या समाधान गर्ने लक्ष्य रहेको छ।
