असार ३ आइतबार,२०८०/काठमाडौं-
भोलि सोमबार माओवादी पृष्ठ रहेका दलहरू सम्मीलित ‘समाजबादी मोर्चा’ घोषणा कार्यक्रम तय भएको छ।
काठमाडौंमा रहेको राष्ट्रिय सभागृहमा दिउसो ३ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बाबुराम भट्टराई, नेत्र बिक्रम चन्द ‘बिप्लव’, माधव नेपाल र उपेन्द्र यादवका सम्मीलित समाजबादमा विश्वास गर्ने दलहरुको राजनितिक मोर्चा बन्दै छ।
यो पार्टी एकता न भए पनि बैचारिक हिसाबले एक ठाउ आउन मिल्ने राजनीतिक दलहरुको मोर्चा हुने, एक जना माओवादी केन्द्र्का नेताले द वाकरलाई जानकारी दिए।
केहि समय अघि देखि यी पाँच दलहरूबिच घनघोर छलफल तथा बिमर्श चलेको हो।
