असार ३ आइतबार,२०८०/विराटनगर-
नेकपा एमालेका सचिव योगेश भट्टराईलाई आफ्नै गृह जिल्ला ताप्लेजुङमा प्रवेश निषेध गरिएको छ। नेता भट्टराईलाई ताप्लेजुङका पहिचानवादीहरुले जिल्ला प्रवेशमा निषेध गरेका हुन।

ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै निषेध घोषणा गरेका हुन्।
