आगामी आर्थिक बजेट बहुमतले पारित

अर्थ राजनीति समाचार

असार १३ बुधबार,२०८०/काठमाडौं-

सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको छ।

बुधवार प्रतिनिधिसभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो ।

मत विभाजनमा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत रहेका थिए। कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बजेटको पक्षमा मतदान गरे।

उता एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत र नेमकिपाले भने विपक्षमा मतदान गरेका थिए।