
असार २२ शुक्रबार,२०८०/काठमाडौं-
जलहरी प्रकरणपछि पशुपतिनाथको मन्दिरभित्र ४३ तोला सुन फेला परेको छ। शुक्रबार बिहान जलहरी राखिएको मुनितिर उक्त सुन भेटिएको हो।
जलहरीको तौलमा हिसाब नमिलेपछि आज बिहान सोही स्थानमा खसेको सुन भन्दै ४३ तोला निकालिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साता सेना,प्रहरी,सशस्त्र प्रहरी, सरकारी निकायका प्रतिनिधि, सुन चाँदी व्यवसायी संघका प्रतिनिधिको उपस्थितिमा त्यहाँ गएर अनुसन्धान गर्दा सुन कम भएको प्रतिवेदन सार्वजनिक भएको थियो।
जलहरी काण्ड मत्थर पार्न नयाँ हतकण्डा अपनाउदै नाटकीय ढंगले सो सुन त्यहाँ बरामद भएको धेरैको आकलन रहेको छ।