सम्पर्कविहीन भएको मनाङ एयर हेलिकप्टरको सोलुखुम्बुमै दुर्घटना 

पर्यटन समाचार

असार २६,मंगलबार/सोलुखुम्बु-

सोलुखुम्बुको सुर्केबाट काठमाडौं आउदै गर्दा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। मंगलबार बिहान सम्पर्क बिहिन भएको हेलिकप्टर जिल्लास्थित लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको बताइएको छ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले वडा नम्बर ५  लामजुराडाँडामा हेलिकप्टर दुर्घटना भएको आफुले स्थानीयबाट खबर पाएको बताइन्।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले त्यहाँको मौसम अनुकुल न भएको र प्रहरी परिचालन गरि सकेको जानकारी गराए।

पाइलट टेकबहादुर गुरूङले उडाएको हेलिकप्टर १५ मिनेटमै सम्पर्क बिहिन भएको थियो। त्यसमा अन्य पाँच जना विदेशी नागरिक सवार थिए।