असार २७ बुधबार,२०९०/काठमाडौं-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी तथा नेकपा माओवादी केन्द्रकी सलाह्कार सीता दाहालको निधन भएको छ।
बुधबार बिहान ८ः३३ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ६९ बर्षको उमेरमा दाहालको निधन भएको हो।
अस्पतालको बिज्ञप्ती अनुसार निधनको ‘कार्डियक अरेष्ट’का कारणले उनको निधन भएको हो। उनलाई बिहान ८ बजे कार्डियक अरेस्ट भएपछि अस्तपाल भर्ना गरिएको थियो।
प्रधानमन्त्री पत्नी सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पार्किन्सन रोगबाट ग्रस्त थिईन्। उनको जन्म २०११ असार २१ गतेका दिन निम्न मध्यम परिवारमा भएको थियो। र उनले २०३५ साल भाद्रमा पार्टीको सदस्यता पाएकी थिईन।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजै २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने भएको छ।
छोरा प्रकाश दाहालको निधन पछि उनीमा यो समस्या झन जटिल भएको थियो। पार्किन्सन रोगमा मस्तिष्कमा उपस्थित केही तन्त्रिका वा कोशिकाहरू बिस्तारैबिस्तारै नस्ट हुन थाल्छन्। उनले आफ्नो श्रीमान बहालवाला प्रधानमन्त्री प्रचण्डलाई हरेक राजनितिक मोडमा साथ र सहयोग गर्दै आएकी थिईन। जेठी छोरी ज्ञानु र छोरा प्रकाशको वियोग झेलेकी उनी एक्कासी बिरामी परेपछि शारीरिक रुपमा अशक्त भएर लामो समय देखि उपचाररत थिईन।

प्रतिक्रिया दिनुहोस्