
असार ३० सनिवार,२०८०/भक्तपुर-
भक्तपुरको चागुनारायण नगरपालिकालाई एबोकाडो सहर बनाउने उदेश्यले वृक्षारोपण कार्यक्रमको आयोजना गरिदै छ।
आइतबार बिहान ११ बजे देखि नगरपालिकास्थित तपाडम्फु (हेल्मेट डाडा) मा रहेको नगरपालिकाको सभाहलमा बिरुवा वितरण तथा त्यही परिसरमा वृक्षारोपण गर्ने योजना रहेको अभियानका नेता नरेश खडकाले जानकारी गराए।
उनी नेकपा (माओवादी केन्द्र) का नगर सम्योजक पनि हुन।
खडकाका योजना अनुसार नगरमा रहेका प्रत्येक १८ हजार घरधुरीलाई कम्तीमा २ वटा एबोकाडोको बिरुवा बितरण गर्ने योजना रहेको बताए।
“श्रावण भरी ४ चरणमा वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम रहेको छ। र यो सिलसिला निरन्तर ३ बर्ष चल्ने छ,” उनले जानकारी गराए।
यस्तै बुद्धिजीवी तथा लेखक डिपी ढकालले चागुनारायण नगरपालिकाको पहिचानमा अर्को एउटा पहिचान थप्ने र नगरवासीको आय आर्जन वृद्धिमा थोरै भएपनी योगदान पुर्याउने उद्देश्यले ‘चागुनारायण सिटि एबोकाडो सिटि अभियानको’ शुभारम्भ गर्न गई रहेको बताए।
ढकालले सामाजिक संजाल मार्फत सर्वसाधारण तथा स्थानिय बासिन्दाहरुलाई सो आग्रह गरे। असार ३१ गतेका दिन आइतबार सुरुवाती चरणमा ५०० जति बिरुवा वितरण तथा वृक्षारोपण
