असार ३१ शनिवार,२०८०/खलंगा-
अखिल क्रान्तिकारी रुकुम पश्चिमले आफ्ना दोश्रो जिल्ला अध्यक्ष रेशम कुमार शाह(रेकश)को निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
सनिवार मृत्यु भएका रेशम कुमार शाह माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन(क्रान्तिकारी) का दोस्रो जिल्ला सम्मेलनबाट २०३८ मा निर्वाचित भएका थिए।
बिज्ञप्ती मार्फत अध्यक्ष रहेका नारायण केसी(प्रखर)ले आफ्नो संगठन शाहको मृत्युले स्तब्ध भएको र अपूरणीय क्षति पुगेको समेत बताएका छन। साथै परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।
उनी रुकुमको रुकुमकोटमा जन्मिए पनि उनले रोल्पाको थबाङ्लाई कर्मथलो बनाएका थिए। र त्यतै उनको बसोबास थियो।
पेशाले पछि शिक्षक भए पनि उनी एउटा कुशल जनबादी कला सर्जक पनि थिए। युद्ध कालमा उनले लेखेका नाराहरु अझै पनि रोल्पास्थित ठुलो गाउँ थबाङका घरहरुका भित्तामा सुरक्षित छन।
उनको एउटा छोरी, एउटा छोरा र श्रीमती छन।

