श्रीमतीको उपचारका लागि राज्यकोषबाट सहयोग लिएको छैन: प्रधानमन्त्री

राजनीति समाचार

असार २ मंगलबार,२०८०/काठमाडौं-

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले श्रीमती सीता बिरामी हुँदा राज्यकोषबाट कुनै सुविधा नलिएको बताएका छन।

मंगलबार बिहान बालुवाटारमा आयोजीत आफ्नो श्रीमती सीता दाहालको शोकसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन।

उनले उपचारका क्रममा उपलब्ध र लाभदायी हुन सक्ने सबैखाले पद्दतीबाट उपचारको प्रयास गरेको उल्लेख पनि गरे।

‘बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन,’ उनले भावुक हुँदै भने।

‘शोकको यो घडीमा यहाँहरुको साथ, समवेदना र सदभावले हामीलाई पीडाबाट निस्कनमात्र मद्दत गरेको छैन, बरु देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं, मैले र हाम्रो परिवारले ।’

सातौ दिनका दिन आयोजना गरिएको श्रद्धाञ्जली सभामा विभिन्न दलका नेताहरु, संस्था प्रमुखहरु, कुटनितीज्ञ, माओवादी केन्द्रका कार्यकर्ता, आफन्त तथा शुभचिन्तकहरुको उपस्थिति थियो।