
श्रावण ४ बिहीवार,२०८०/इलाम-
इलामस्थित इलाम नगरपालिकामा रहेको महाभीर चट्टानमा पर्यटन प्रबर्द्धन हेतु आरोहणको रुट तयार गरिएको छ।
इलाम नगरपालिकाको वडा नं ८ मा विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाकोे पर्यटन सदभावना दूत कल्पना महर्जनको संयोजकत्वमा रुट बनेको हो ।
रुट बनाउनका लागि यसअघि महर्जन इलाम पुगेकी थिईन्।
यसैगरी रुट फिक्सिङको काम लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीको नेतृत्वमा थालिएको थियो।
सो कार्यमा अस्तानीलाई सुजन गुरुङ, थोप्टेन लामा र सज्जन घलेले साथ दिएका थिए। रुटको व्यवस्थापन क्लाम्विग पर्यटकीय क्षेत्र प्रबर्द्धन विकास समितिले इलाम नगरपालिका ८ महाभीरको रहेको थियो । इलाम नगरपालिका र पर्यटन वोर्डको आर्थिक व्यस्थापनबाट रुट बनेको थियो । महर्जनले महाभीरमा रहेको चट्टानमा ७ वटा विभिन्न ग्रेडको रुट बनेको जानकारी दिईन।