श्रावण ३ बुधबार,२०८०/काठमाडौं-
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ।
बुधबार बिहान ११ बजेतिर विभागले विशेष सूचनाका आधारमा विमानस्थलबाट बाहिरी सकेको र ट्याक्सीमा लिएर जादै गरेको सुन सहित २ जनालाई पक्राउ गरेको छ।
उक्त सुन हङकङबाट ल्याइएको अनुसन्धानका क्रममा खुले पनि बिस्तृत जानकारी आउन भने बाकी छ।
